Rumpum Advertisement

उडायो टिकटके सपना

उडायो टिकटके सपना

यी टिकटके बूढा पनि के–के गर्छन् गर्छन्, कन्टिर–बाबूलाई समेत अनुमान लाउन गाह्रो भो । मिथिलाञ्चलमा एक लोकोक्ति प्रचलित छ– सायँके विष सौतीनपर । अर्थात् लोग्नेको रिस सौतामाथि ।

कन्टिर–बाबू भन्छन्– सत्तामुखी आत्मकेन्द्रित टिकटके बूढाले पनि घरका मान्छेको रिसमा आफ्नै घर उजाड बनाउने गरी एकाबिहानै विघटनको आत्मघाती खेल खेले । कन्टिर–बाबू हाँस्दै थप्छन्– आफ्नो घर खरानी पारेर आगो ताप्ने कथा यिनैले चरितार्थ गर्दैछन् ।

त्यसो त बोकाको मुखमा कुभिन्डो न हिजो अटेको थियो, न कहिल्यै अट्छ । छिटोछिटो बदलिरहेको अनपेक्षित परिदृश्य देखेर रमाइलो मानिरहेका कन्टिर–बाबू सोचिरहेका छन्– टिकटके बूढाले ‘राप’को तापको दुरुपयोग अझ कति गर्ने हुन् ? अझ ककसका घर डढाउने हुन् ?

तर कन्टिर बााबूको बालै फररर ! उनी त दशक–दशकसम्म टिकटक बनाएर रमाउने बूढाको ‘वाम–लाल’ उद्घोष सम्झिँदै गुनगुनाउँछन् … उडायो सपना सबै हुरीले !