Rumpum Advertisement

कोभिड निको भए पनि फोक्सोलाई स्वास्थ्य राख्न यसो गरौं

कोभिड निको भए पनि फोक्सोलाई स्वास्थ्य राख्न यसो गरौं

विराटनगर/कोभिडको सङ्क्रमण भएर निको भए पनि युवा र स्वस्थ बिरामीमा समेत पनि फोक्सोसम्बन्धी समस्या देखापरिरहेका छन् ।

कोभिडले फोक्सोमा आक्रमण गर्ने हुँदा सास फेर्न गाह्रो हुने, अक्सिजन प्रवाह अवरुद्ध हुने रोगको गम्भीर भएको सामान्य लक्षण हो । कोभिड निको भए पनि यसले फोक्सोमा क्षति पु¥याई फोक्सोको कार्य कमजोर हुने, कोभिड निमोनिया, अक्सिजनको मात्रामा कमी, सास फेर्न गाह्रो हुने, फोक्सो फाइब्रोसिस र क्रोनिक पल्मोनरी डिस्ट्रेस निम्त्याउन सक्छ ।

गम्भीर श्वासप्रश्वास समस्या र कम प्रतिरोधात्मक कार्यले अन्य रोगको पनि सिकार बनाउन सक्छ । वातावरणीय कारक, जस्तै खराब वायु प्रदूषणको स्तरले पनि समस्यालाई थप बिगार्न सक्छ । त्यसैले निको भएर सामान्य जीवनमा फर्किए पनि फोक्सोको हेरचाह गर्नु तथा फोक्सोको स्वास्थ्यलाई बचाउनका लागि सावधानी अपनाउन अति आवश्यक हुन्छ ।

कोभिड बिरामीहरूलाई प्रायः सामान्य सास फेर्ने व्यायाम र ध्यानको आसन अभ्यास गर्न आग्रह गरिन्छ । यसले सास फेर्न सजिलो बनाउनुका साथै फोक्सो र छातीमा जाने बाटोमा रगत प्रवाह सुधार गर्न मद्दत पु¥याउँछ । भिटामिन र खनिजयुक्त आहारले प्रतिरक्षालाई बढावा दिन्छ । शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्न तथा सास फेर्न पनि सजिलो पार्ने खानाको सेवन गरी घरमा सजिलै फोक्सोको स्वास्थ्य व्यवस्थापन र प्रबद्र्धन गर्न सजिलो तरिका हुन सक्छ ।

एन्टिअक्सिडेन्ट, भिटामिन सी, ओमेगायुक्त खानामा ध्यान दिई प्रशोधित र परिष्कृत खाद्य पदार्थको अधिक उपभोग गर्नबाट बच्नुपर्छ । निको भए पनि शरीरलाई चाहिने पोषक तत्वबाट वञ्चित नहुनका लागि विज्ञले तौल घटाउने सहयोग गर्ने आहार छोड्न सिफारिस गरिरहेका छन् । फोक्सोको क्षमता र छिटो निको हुनका लागि साससँग सम्बन्धित कुनै पनि गतिविधिको प्रयोग गर्न सकिन्छ ।

विज्ञका अनुसार हृदय गति बढाउन र रगत प्रवाहलाई बढावा दिनसक्ने मध्यम वा तेज शारीरिक व्यायाम वा खेल छनौट गर्नुपर्छ । सुरक्षित भए नियमित हिँड्ने, घरमै व्यायाम र कार्डियो गतिविधि गर्नु श्वसन स्वास्थ्यका लागि राम्रो हुन्छ । योग आसनहरूले पनि कार्यक्षमता पुनस्र्थापित गर्न र प्रतिरोध क्षमता बढाउन मद्दत गर्छन् । साथै, एरोबिक गतिविधिहरूले पनि गर्न सकिन्छ ।

व्यायामलाई नियमित गर्नुपर्ने हुन्छ साथै, सुरुमा एकैपटक शरीरलाई गाह्रो व्यायाम गर्न जोड दिनुभन्दा पनि बिस्तारै सजिलो व्यायामबाट थाल्नुपर्छ । धुम्रपानले कोभिडको सङ्क्रमण हुने र प्रशारणको उच्च जोखिम बढाउने काम गरिरहेको मात्र नभई फोक्सोलाई क्षति पुर्‍याई कमजोर पारिरहेको हुन्छ । धुम्रपान र सूर्तीजन्य पदार्थले अतिरिक्त तनाव गराई अन्य फोक्सोसम्बन्धी समस्या र लामो समयसम्मको सङ्क्रमणको विकासको सम्भावना बढाउँछ ।

कोभिडको सङ्क्रमणबाट हालै निको भएका तथा फोक्सोको समस्या भएकाले धुम्रपान, प्रदूषित वातावरण र शरीरको कार्यमा बाधा पु¥याउने कुनै पनि गतिविधिबाट जोगिनु पर्छ । प्रदूषणले पुनः सङ्क्रमणको जोखिम बढाउनुका साथै यसले कार्सिनोजेन र अन्य सम्भावित हानिकारक कणलाई फोक्सोमा पुर्‍याई सास फेर्न गाह्रो बनाउन सक्छ ।

बाहिर जानुअघि आफ्नो औषधि, मास्कलगायतका सबै आवश्यक सावधानीहरूको पालना गर्नुपर्छ । साथै, बाफ लिने बानीले पनि धेरै सहयोग गर्न सक्छ ।