विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा परेर संसद् विघटन गर्न बाध्य हुनु परेको नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले बताएका छन् ।
पार्टीभित्र घेराबन्दीमा परेपछि संविधानले दिएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेको बताएका हुन् । उनले सरकारको दैनिक कामकारवाही नै गर्न नपाउने अवस्थामा पुर्याएपछि बाध्य हुनु परेको बताए ।
ढकालले कोसी अनलाइनसँग कुरा गर्दै राज्यलाई ‘डेडलक’को अवस्थाबाट बाहिर ल्याउन प्रधानमन्त्रीले कदम चालेको बताए । अख्तियारसहित संवैधानिक निकायलगायतमा नियुक्ति प्रक्रियामा समेत अवरोध भएपछि प्रधानमन्त्रीले आफ्नो अधिकारको प्रयोग गरेको उनको भनाइ छ ।