Rumpum Advertisement

‘नेकपालाई जनताले दिएको मतको वैधता सकियो’

Neuro
‘नेकपालाई जनताले दिएको मतको वैधता सकियो’

विराटनगर / नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीले संसद विघटन गर्न सिफारिस गरेलगतै जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन् ।

पाँच वर्षका लागि नेकपालाई जनताले दिएको मतको बैधता ओलीको गैर संवैधानिक कदमले तीन वर्षमै सकिएको बताएका हुन् ।

‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ।’ उनले भने ‘ प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ। ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता यो सिफारिससँगै सकिएको छ।’