Rumpum Advertisement

भिटामिन ‘डी’ ले कोभिडबाट जोगाउने प्रमाण अपर्याप्त

Neuro
भिटामिन ‘डी’ ले कोभिडबाट जोगाउने प्रमाण अपर्याप्त

विराटनगर/पछिल्ला केही अध्ययनले शरीरमा भिटामिन ‘डी’को पर्याप्त स्तरले कोभिड १९ का बिरामीलाई गम्भीर हुनबाट रोक्न सकिने देखाएको थियो ।

तर, भिटामिन ‘डी’ थप मात्रामा सेवन गर्दा कोभिड–१९ बाट सुरक्षा प्राप्त हुने निष्कर्षका लागि पर्याप्त प्रमाण नभएको विज्ञहरू बताउँछन् । स्वास्थ्य अधिकारीहरूले भिटामिन ‘डी’ र कोभिड–१९ को विषयमा गरिएको अध्ययनका अनुसार भिटामिन डीले श्वासप्रश्वास प्रणालीका रोगहरूसँग सम्बन्धित भाइरसविरुद्ध शरीरको रोगप्रतिरोधी क्षमतालाई उचित प्रतिक्रिया गर्न सघाउन सक्ने देखाएको थियो ।

अध्ययनका विज्ञ तथा स्वास्थ्य अधिकारीहरूले सङ्क्रमण रोक्न वा कोभिडको उपचारमा भिटामिन डीको प्रयोग गर्न सिफारिस गर्नका लागि प्रमाणहरू अपर्याप्त रहको बताएका छन् । भिटामिन डीले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने कुराको निष्कर्षमा पुग्नुअघि थप अनुसन्धानको आवश्यक छ ।

महामारीका बेला घरभित्रै आइसोलेसनमा रहेका र कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न घरबाहिर ननिस्केर कोठामा धेरै समय बिताउनु परेको अवस्थाका मानिसहरूले घामबाट पाइने भिटामिन डी पर्याप्त मात्रामा प्राप्त गर्न नसकेको हुनसक्छ । त्ससैले, जाडो मौसममा कम घाम लाग्ने वा घाम ताप्न नपाउने ठाउँका मानिसहरूले हड्डी र मांसपेशीलाई स्वस्थ राख्नका लागि थप भिटामिन डी सेवन गर्नु आवश्यक हुनसक्ने बताइएको छ ।