Rumpum Advertisement

ओलीको प्रतिगामी कदम लागू हुन सक्दैन : नेकपा प्रवक्ता

Neuro
ओलीको प्रतिगामी कदम लागू हुन सक्दैन : नेकपा प्रवक्ता

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको कदम प्रतिगामी भएको उल्लेख गर्दै लागू हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेपछि नेकपा प्रवक्ताले ओलीको प्रतिगामी कदम लागू हुन नसक्ने बताएका हुन ।

‘आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी हो। यो लागू हुन सक्दैन,’ उनले भने, ‘यसको विरुद्ध लोकतान्त्रिक गणतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरु एक होऔं ।’