Rumpum Advertisement

‘प्रधानमन्त्रीले संवैधानिक ‘कू’ गरे तर काङ्ग्रेस चुनावसँग डराउँदैन्’

‘प्रधानमन्त्रीले संवैधानिक ‘कू’ गरे तर काङ्ग्रेस चुनावसँग डराउँदैन्’

विराटनगर / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग सिफारिस गरेपछि डाक्टर कोइरालाले संवैधानिक ‘कू’ गरेको बताएका हुन् ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै डाक्टर कोइरालाले प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने काम गरेको बताए ।

संसद विघटनपछि ६ महिनामा निर्वाचनमा जानु पर्ने संवैधानिक व्यवस्था भएको बताउँदै उनले नेपाली काङ्ग्रेस निर्वाचनसँग नडराउने बताए ।