Rumpum Advertisement

जनताको विश्वासको घोर अपमान : कार्की

Neuro
जनताको विश्वासको घोर अपमान :  कार्की

विराटनगर/प्रदेश १ सांसद् तथा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसद् विघटन गरेर संविधानको मर्म र जनताको विश्वासको घोर अपमान गरेको बताएका छन् ।

कोसी अनलाइनसँग कुरा गर्दै सचेतक कार्कीले प्रधानमन्त्री ओलीले जनमतको विरुद्धमा कदम चालेको बताएका हुन् । उनले जनमत र जनभावनालाई कुन्ठित हुने गरी प्रधानमन्त्रीले हठाथ् निर्णय गरेको अरोप लागाए । जनताले चाहेको राजनैतिक स्थीरता र स्थीर सरकारको प्रधानमन्त्रीले खिल्ली उडाएको उनले बताए । उनले प्रधानमन्त्री ओली जनताप्रति उत्तरदायी हुन नसकेको बताए ।

उनले प्रधानमन्त्रीको कदमविरुद्ध संवैधानिक प्रतिवाद गर्ने बताए । उनले सडक सङ्घर्षसँगै जनतामा जानेसमेत बताए ।