Rumpum Advertisement

‘स्वास्थ्य ओरो डेन्टल क्लिनिक’ सञ्चालनमा

Neuro
‘स्वास्थ्य ओरो डेन्टल क्लिनिक’ सञ्चालनमा

विराटनगर/विराटनगरको कञ्चनवारीमा ‘स्वास्थ्य ओरो डेन्टल क्लिनिक’ सञ्चालनमा आएको छ । शनिबार विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुलीले उक्त डेन्टलको औपचारिक उद्घाटन गरेका हुन् ।

उक्त क्लिनिकमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सुविन चौधरी, डा. अजय कामत, डा. रोशन यादवसहितको दन्त चिकित्सकले सेवा प्रदान गर्ने छन् ।

बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतमा सिमेन्ट भर्ने, दुखेको दाँत जरैदेखि उखेल्ने, मुख गन्हाउने, गिजा सुनिने, गिजाबाट रगत आउने, दाँतमा ब्रास लगाउनेलगायतका विभिन्न दाँत र मुखको समस्यासम्बन्धी सेवा सुविधा प्रदान गरिने डेन्टल सञ्चालकले बताए । साथै बच्चाको दाँतसम्बन्धी सम्पूर्ण उपचारसमेत गरिने बताइएको छ । दन्त बिरामीलाई सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गरिने क्लिनिकका मेनेजिङ डाइरेक्टरमा धीरज मण्डलले बताए ।