Rumpum Advertisement

बाबुरामको आग्रह : शासकीय प्रणालीमा सुधार गरौँ, प्रधानमन्त्रीको कदमविरुद्ध सहकार्य गरौँ

Neuro
बाबुरामको आग्रह : शासकीय प्रणालीमा सुधार गरौँ, प्रधानमन्त्रीको कदमविरुद्ध सहकार्य गरौँ

विराटनगर/ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सहकार्य गर्न सबैसँग सहकार्य गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध सहकार्य गर्न आग्रह गरेका हुन् । भिडियाे सन्देश जारी गर्दै उनले प्रधानमन्त्रीको कदमले अस्थिरता निम्त्याएले सबै तिरबाट प्रतिवाद गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नुपर्ने पुष्टि गरेको बताउँदै उनले शासकीय प्रणालीमा आवाज उठाउन आग्रह गरेका छन् ।

‘नेपालको शासकीय प्रणालीमा सुधार गरिनुपर्छ । त्यसका लागि प्रत्यक्ष निर्वाचत कार्यकारी र पूर्ण समानुपातिक संसद्हु नुपर्छ भन्ने हाम्रो बिचार रहेको छ ।’ उनले भने ‘ प्रधानमन्त्रीको कदमले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटी र त्यसलाई सच्याउनु पर्ने कुरालाई फेरी पनि पुष्टि गर्छ । यस्तो अवस्थामा नेपालको शासकीय प्रणाली सुधारका लागि आवाज उठाउन आग्रह गर्दछु ।’