Rumpum Advertisement

सुबिजु टिमले हात पार्‍यो ‘डान्सिङ विथ दि स्टार’को उपाधि

सुबिजु टिमले हात पार्‍यो ‘डान्सिङ विथ दि स्टार’को उपाधि

विराटनगर/डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । शनिबार भएको ग्रान्ड फिनालेमा टिम सुबिजु (सुमी मोक्तान र बिजु पार्की) विजेता भएका हुन् । टिम सुबिजुले पुरस्कारस्वरुप २० लाख रुपैयाँ र ट्रफी पाएका छन् । यस्तै टिम बुद्धिका (बुद्ध लामा र केभिका खत्री) उपविजेता भएका हुन् । र, टिम प्रियाम टिम (प्रियना आचार्य र शुभम भुजेल) तेस्रो भएका हुन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको लोकप्रिय रियालिटी शो ‘डान्सिङ विथ दि स्टार नेपाल’ को ग्रान्ड फिनालेका उपविजेता टिम बुद्धिका (बुद्ध लामा र केभिका खत्री) लाई वरिष्ठ अभिनेता तथा निर्माता भुवन केसीले आफ्नो आगामी फिल्ममा केभिका खत्रीलाई कोरयोग्राफी र बुद्ध लामालाई गीत गाउन अवसर दिएको शुभ खबर कार्यक्रमका उद्घोषकले कार्यक्रममै घोषणा गरिदिएका थिए ।

यो शोलाई दर्शकले उल्लेख्य साथ दिएका थिए । स्टारहरुको नृत्य प्रस्तुत हुने शो भएकाले पनि दर्शकको माया शोले पाएको हो । गौरी मल्ल, दीलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायकका रूपमा रहेका थिए ।