Rumpum Advertisement

बिरालो मति

Neuro
बिरालो मति

कन्टिर–बाबूले ठानेका थिए– यी ‘बागौ’ बूढा बाघ हुन् । तर कन्टिर–बाबू पूरै गलत रहेछन् । यथार्थमा बूढा त लोभी बिरालो पो रहेछन् । सुरुमा ङ्यार्र … गर्दै आक्रोश पोखेको नौटङ्की गर्ने, पछि कसैले कचौरामा अलिकति दूध ल्याइदियो भने त्यसैमा लुटपुटिने ।

पहिला पनि यिनले आफ्नो स्वभाव देखाउँदै ङ्यार–ङ्यार ङुर–ङुर त गरेकै हुन् । देश र सरकारको सर्वोच्च पदको दूधे कचौरा अगाडि सारिएपछि यिनी चुप लागेकै हुन् । अहिले फेरि यिनलाई ‘परिवार–मुली’को आइसक्रिम चटाउन खोजिएको छ ।

यस्तो पृष्ठभूमिमा कन्टिर–बाबू निष्कर्ष निकाल्दै भन्छन्, यी बिराला हुन् आइसक्रिम चाट्न त खोज्छन् नै तर खान नपाउने भन्ने चाहिँ निश्चत छ ।

कि कसो ‘ओप्रमा’ कमरेड ?