Rumpum Advertisement

मन्त्रिपरिषद्को आकस्मिक बैठक, संसद् विघटन गर्न सिफारिस

Neuro
मन्त्रिपरिषद्को आकस्मिक बैठक, संसद् विघटन गर्न सिफारिस

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न सिफारिस गरेका हुन् ।

सामान्यतया मन्त्रीपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने गर्छ । आइतबार बैठक बाेलाएर प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनकाे सिफारिस गरेकाे एक मन्त्रीले जानकारी दिएका छन् ।

नेकपाको स्थायी कमिटी बैठक पनि आज एक बजेका लागि बाेलाइएकाे छ । बैठकअघि ओलीले संसद् विघटनकाे सिफारिस गरेका हुन् ।