Rumpum Advertisement

प्रदेश सभामुखलाई कोरोना सङक्रमण

Neuro
प्रदेश सभामुखलाई कोरोना सङक्रमण

सुदूरपश्चिम / सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । उनलाई शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उहाँका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन् ।