Rumpum Advertisement

एक सय बेडको नागरिक केयर सेन्टरको उद्घाटन आज

एक सय बेडको नागरिक केयर सेन्टरको उद्घाटन आज

विराटनगर / विराटनगरस्थित कोशी अस्पताल कोडिभ १९ उपचार केन्द्रसँगै रहेको भवनमा निर्माण गरिएको एक सय बेडका नागरिक केयर सेन्टर आजबाट खुल्ने भएको छ ।

विराटनगरको नागरिक समाज र प्रदेश सरकारले संयुक्त रूपमा तयार गरेको एक सय बेडको नागरिक केयर सेन्टर आइतबारबाट खुल्ने भएको हो ।

सेन्टरको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज उद्घाटन गर्दैछन् । केयर सेन्टरमा लक्षणसहितका कोरोना सङ्क्रमितको उपचार गरिनेछ ।

लक्षणसहितका कोरोना सङ्क्रमित बढदै गएका कारण आइसियु, भेन्टिलेटर र अक्सिजनलगायत पूर्वाधारसहित अस्पताल विस्तार गरिएकाे प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।