Rumpum Advertisement

अमेरिकामा एक करोड ८० लाख नाघे कोरोना सङ्क्रमित

Neuro
अमेरिकामा एक करोड ८० लाख नाघे कोरोना सङ्क्रमित

विराटनगर / अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८० लाख ६३ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक लाख ७४ हजार थपिएसँगै सङ्क्रमित थपिएसँगै सङ्ख्या एक करोड ८० लाख ६३ हजार पुगेको हो । वल्डोमिटरको तथ्याङ्क अनुसार कोरोना प्रभावित देशको सूचीको पहिलो स्थानमा रहेको अमेरिकामा सङ्क्रमणका कारण तीन लाख २३ हजार ३४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ९७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड ३१ हजार पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २६ हजारको रिपोर्ट पोजेटिभ देखिएको छ । त्यस्तै ब्राजिलमा ४९ हजार, रुसमा २८ हजार, फ्रान्समा १७ हजार टर्कीमा २२ हजार, बेलायतमा २७ हजार र इटालीमा १६ हजार सङ्क्रमित थपिएका छन् ।

वोल्डोमिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ९७ हजार कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधीमा १० हजारको मृत्यु भएको छ ।

यो सँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ करोड ६५ लाख ९० हजार पुगेको छ । ति मध्ये १६ लाख ९१ हजारको मृत्यु भएको छ । ५ करोड ३७ लाख ३१ हजार सङ्क्रमण मुक्त भएका छन् ।