Rumpum Advertisement

स्टर्लिङको निर्णायक गोलमा सिटी विजयी

स्टर्लिङको निर्णायक गोलमा सिटी विजयी

विराटनगर । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ । शनिबार राति सिटीले साउथह्याम्पटनलाई उसैको मैदानमा १–० गोलले हराएको हो ।

सिटीलाई जिताउन रहिम स्टर्लिङले निर्णायक गोल गरे । खेलको १६औं मिनेटमा स्टर्लिङले गरेको गोल नै सिटीको जितका लागि निर्णायक बन्यो ।

जितसँगै सिटीले १३ खेलबाट २३ अङ्क जोडेको छ । ऊ छैटौं स्थानमा छ । साउथह्याम्पटन भने २४ अङ्कका साथ पाँचौं स्थानमा छ । साउथह्याम्पटनले सिटीभन्दा एक खेल बढी खेलेको छ ।