Rumpum Advertisement

लेवान्डोस्की चम्किँदा बायर्न शीर्ष स्थानमा उक्लियो

लेवान्डोस्की चम्किँदा बायर्न शीर्ष स्थानमा उक्लियो

विराटनगर । जर्मन बुन्डेसलिगामा साविक विजेता बार्यन म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले लिभरकुसेनलाई २–१ गोलले हराएको हो ।

लिभरकुसेनको मैदानमा बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । लिभरकुसेनका प्याट्रिक स्किचले एक गोल गरे ।

१४औं मिनेटमा स्किचले गोल गरेपछि घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । ४३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई बराबरीमा फर्काए ।

Image

खेलको इन्ज्युरी समयमा लेवान्डोस्कीले दोस्रो गोल गर्दै बायर्नलाई जिताए ।

जितसँगै बायर्नले १३ खेलबाट ३० अङ्क जोड्दै शीर्ष स्थान कब्जा गरेको छ । लिभरकुसेन भने २८ अङ्कका साथ दोस्रो स्थानमा छ ।