Rumpum Advertisement

आर्सनललाई स्तब्ध बनाउँदै इभर्टन दोस्रो स्थानमा

Neuro
आर्सनललाई स्तब्ध बनाउँदै इभर्टन दोस्रो स्थानमा

विराटनगर । इंग्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको हो । शनिबार राति भएको खेलमा इभर्टसँग आर्सनल २–१ गोलले स्तब्ध भएको हो ।

इभर्टनको मैदानमा घरेलु टोलीले आत्मघाती गोलबाट सुरुआती अग्रता बनाएको थियो । २२औं मिनेटमा आर्सनलका रोब होल्डिङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

३५औं मिनेटमा निकोलास पेपेले गोल गर्दै आर्सनललाई बराबरीमा फर्काए । ४५औं मिनेटमा यारी मिनाले गोल गरेपछि इभर्टनले अग्रता बनायो ।

Image

र, बाँकी समय गोल नहुँदा आर्सनल २–१ गोलले स्तब्ध भयो ।

यससँगै इभर्टन १४ खेलबाट २६ अङ्क बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । आर्सनल भने १४ अङ्कका साथ १५औं स्थानमा छ ।