विराटनगर । स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ । शनिबार राति बार्सिलोनाले आफ्नो मैदानमा भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
क्याप नोउमा भ्यालेन्सियाले सुरुआती अग्रता बनाएको थियो । २९औं मिनेटमा मौक्टार डायखेबीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।
पहिलो हाफको इन्ज्युरी समयमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । यस गोलसँगै मेस्सीलाई ब्राजिलियन लिजेन्ड पेलेको रेकर्ड बराबरी गरेका छन् ।
अर्जेन्टिनी स्टार मेस्सीले पेलेको एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका हुन् । सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले बार्सिलोनाबाट ६४३ गोल गरेका छन् ।
पेलेले ब्राजिलको क्लब सान्टोसबाट ६४३ गोल गर्दै एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
भ्यालेन्सियाविरुद्ध ५२औं रोनाल्ड आरजौले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा म्याम्सिमिलियानो गोमेज गोन्जालेजले गोल गर्दै खेल बरबरीमा ल्याए ।
बाँकी समय गोल नहुँदा दुवैले एक–एक अङ्क बाँडे ।
बराबरीसँगै पाँचौं स्थानको बार्सिलोनाले १३ खेलबाट २१ अङ्क बनाएको छ । भ्यालेन्सिया भने १५ अङ्कका साथ १२औं स्थानमा छ ।