Rumpum Advertisement

युभेन्टसको शानदार जितमा रोनाल्डोको दुई गोल

युभेन्टसको शानदार जितमा रोनाल्डोको दुई गोल

विराटनगर । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले पर्मामाथि ४–० गोलको शानदार जित आत्मसाथ गरेको हो ।

पर्माको मैदानमा युभेन्टसलाई जिताउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने डेजान कुलुसेभ्स्की र अल्भारो मोरोटाले एक–एक गोल गरे ।

Image

खेलको २३औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता बनाए । त्यसको तीन मिनेट नबित्दै रोनाल्डोले गोल गर्दै पहिलो हाफभरि युभेन्टसलाई २–० गोलको अग्रता दिलाए ।

खेलको ४८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता तेब्बर बनाउँदा ८५औं मिनेटमा मोरोटाले गोल गर्दै पाहुना टोलीलाई ४–० गोलको जित दिलाए ।

Image

जितसँगै तेस्रो स्थानको युभेन्टसले १३ खेलबाट २७ अङ्क जोडेको छ । पर्मा भने १२ अङ्कका साथ १५औं स्थानमा छ ।