Rumpum Advertisement

स्वारेज चम्किँदा एथ्लेटिकोको सहज जित

स्वारेज चम्किँदा एथ्लेटिकोको सहज जित

विराटनगर । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिकोले इल्चेमाथि ३–१ गोलको जित निकालेको हो ।

एथ्लेटिकोको मैदानमा घरेलु टोलीलाई जिताउन लुइस स्वारेजले दुई गोल गरे भने डिएगो कोस्टाले एक गोल गरे । इल्चेका लुकास बोयले एक गोल गरे ।

खेलको ४१औं मिनेटमा स्वारेजको गोलमा एथ्लेटिकोले सुरुआती अग्रता बनाएको थियो । ५८औं मिनेटमा उनले दोस्रो गोल गर्दै एथ्लेटिकोको अग्रता दिलाए ।

६४औं मिनेटमा इल्चेका बोयले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । खेलको ८०औं मिनेटमा कोस्टाले पेनाल्टीमा गोल गर्दै एथ्लेटिकोलाई ३–० गोलको जित दिलाए ।

जितसँगै शीर्ष स्थानको एथ्लेटिकोले १२ खेलबाट २९ अङ्क जोडेको छ । इल्चे भने १४ अङ्कका साथ १५औं स्थानमा छ ।