Rumpum Advertisement

क्रिस्टलको पोस्टमा लिभरपुलको सात गोल

Neuro
क्रिस्टलको पोस्टमा लिभरपुलको सात गोल

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टलमाथि ७–० गोलअन्तरको जित दर्ता गरेको हो ।

क्रिस्टलको मैदानमा लिभरपुललाई जिताउन रोबर्टो फिर्मिनो र मोहम्मद सालाहले दुई–दुई गोल गरे भने टाकुमी मिनामिनो, साडिायो माने र जोर्डन हेन्डरसनले समान एक–एक गोल गरे ।

लिभरपुलले पहिलो हाफमा तीन गोल गरेको थियो भने दोस्रो हाफमा चार गोल थप्यो ।

जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । उसले १४ खेलबाट ३१ अङ्क जोडेको छ । पराजित क्रिस्टल भने १८ अङ्कका सात बाह्रौं स्थानमा छ ।