Rumpum Advertisement

ज्येष्ठ नागरिकलाई विराटनगर लेडिज सर्कलको सहयोग

ज्येष्ठ नागरिकलाई विराटनगर लेडिज सर्कलको सहयोग

विराटनगर / मानव सेवा आश्रममा रहेका ५५ जना ज्येष्ठ नागरिकलाई विराटनगर लेडिज सर्कल–५ ले निःशुल्क टोपी, चप्पल र खाजा उपलब्ध गराएको छ ।

विराटनगर लेडिज सर्कल–५ की अध्यक्ष सालु टिव्रेवाल नेतृत्वको टोलीले मानव सेवा आश्रममा पुगेर ५५ जना ज्येष्ठ नागरिकलाई न्यायो टोपी, चप्पल र खाजा उपलब्ध गराएको हो ।

तीन वर्षदेखि निरन्तर जाडोको समयमा अति विपन्नहरुको पहिचान गरेर न्याना कपडा उपलब्ध गराउँदै आइरहेको विराटनगर लेडिज सर्कल–५ की केन्द्रीय अध्यक्ष डा. कोपिला अग्रवालले बताइन् ।

संस्थाका सदस्यहरुबाट रकम सङ्कलन गरी सामग्री खरिद गरेर हस्तान्तरण गरिएको अध्यक्ष टिव्रेवालले जानकारी दिइन् ।