Rumpum Advertisement

विराटनगरमा कपडा बैङ्क खुल्याे

विराटनगरमा कपडा बैङ्क खुल्याे

विराटनगर । विराटनगरमा कपडा बैङ्क सञ्चालनमा आएको छ । नयाँ पाइला नामक संस्थाले विराटनगर महानगरपालिका – ३ भट्टा चाेकमा कपडा बैङ्क सञ्चालनमा ल्याएको हो ।

शनिबारबाट खुलेकाे कपडा बैङ्क जाडो महिनाभरी सञ्चालन गर्ने योजना रहेको नयाँ पाइलाका अध्यक्ष सुमन खड्काले बताए । कपडा बैङ्कमा हुनेले कपडा दिने र नहुनले लैजान पाउने उनले बताए ।

‘तत्काल जाडो महिना भरी सञ्चालन गर्छाै ।’ उनले भने ‘ आवश्यकता पर्याे भने पछिसम्म सञ्चालन गर्छाै ।’ कपडा बैङ्क सञ्चालनका लागि विराटनगरको हामी युवा नामक संस्थाले ¥याक दिएको छ ।