birat ribon

नेपालमा सात सय १० सङ्क्रमित थपिए, १२ जनाको मृत्यु

Neuro
नेपालमा सात सय १० सङ्क्रमित थपिए, १२ जनाको मृत्यु

विराटनगर / नेपालमा थप सात सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ८० जनाको पिसिआर जाँच गर्दा सात सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जनाको मृत्यु भएको छ । एक हजार एक सय ७५ जना सङ्क्रमण मुक्त भएका छन् ।

cura insider

मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार १८४ पुगेको छ । सङ्क्रमित मध्ये दुई लाख ४२ हजार ५६७ सङ्क्रमण मुक्त भएका छन् ।

सङ्क्रमणका कारण एक हजार सात सय ७७ जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ८ सय ४० छ ।

jackson ribon