Rumpum Advertisement

यी हुन् २०२१ मा रिलिज हुने हलिउड एनिमेटेड फिल्म

यी हुन् २०२१ मा रिलिज हुने हलिउड एनिमेटेड फिल्म

विराटनगर/

राया एन्ड दि लास्ट ड्रयागन :

डिज्नी प्लसको आगामी फिल्म ‘राया एन्ड दि लास्ट ड्रयागन’ एक एड्भेन्चर जनराको फिल्म हो जसलाई निर्देशक डन हलले निर्देशन गरेका छन् । फिल्मको काहानी रायाको वरिपरि घुम्नेछ जो कुमान्द्रालाई पुनः एकपटक राक्षसहरुबाट जोगाउन बचेँको लास्ट ड्रयागनलाई खोज्न लागिपरेकी छन् । यो फिल्म पाँच मार्च २०२१ मा थिएटरसँगै डिज्नी प्लसमा एक साथ रिलिज गरिने छ ।

दि बस बेबी – फेमिली बिजनेस :

यो फिल्म २०१७ मा आएको सुपर हिट फिल्म ‘दि बस बेबी’ को सिक्वेल हो । दि बस बेबीमा कसरी टिम र टेड एक मिसनलाई पूरा गर्छन् भनेर देखाइएको थियो भने फिल्मको सिक्वेलमा नयाँ मिसन देखाइनेछ जहाँ टिम र टेड नयाँ भिलेनसँग सामना गर्ने छन् । यहीबीच टिम र टेडले के–के गर्छन् र नयाँ बस बेबी को हुनेछ ? यो सबै फिल्म हेरेरै थाहा हुनेछ । दि बस बेबी – फेमिली बिजनेस २६ मार्च २०२१ मा रिलिज हुनेछ ।

होटल ट्रान्सिलभेनिया ४ :

होटल ट्रान्सिलभेनियाको चौथो सिरिज पनि २०२१ मा नै रिलिज हुँदैछ । अन्य एनिमेटेड फिल्मभन्दा फरक अनि छुट्टै फ्यान कमाउन सफल सिरिज हो होटल ट्रान्सिलभेनिया । सिरिजको हालसम्म तीन भाग रिलिज भइसकेको छ । पहिलो भाग २०१२ मा आएको थियो, दोस्रो भाग २०१५ मा र तेस्रो भाग २०१८ मा रिलिज भएको थियो । होटेल ट्रान्सिलभेनिया चार आफ्नो अघिल्लो सिरिजभन्दा झन् रोचक हुनेछ । फिल्म लगभग तयार भइसकेको छ । फिल्म अगस्ट २०२१ मा रिलिज हुनेछ ।

मिनियन्स – दि राइज अफ ग्रु :

डिसपिकेबल सिरिजको प्रिक्वेल मिनियन्सको दोस्रो भागको मिनियन्स – दि राइज अफ ग्रु डिसपिकेबलको दुईवटा टाइमलाइन छन् । पहिलो टाइमलाइनमा ग्रु र मिनियन्सको मिसनलाई देखाइएको छ भने दोस्रो टाइमलाइन प्रिक्वेल हो जहाँ ग्रु डन बन्ने छ । फिल्मको ट्रेलर रिलिज भइसकेको छ । ट्रेलरमा ग्रु र मिनियन्स एकसाथ देखिएका छन् । मिनियन्स – दि राइज अफ ग्रु २ जुलाई २०२१ मा रिलिज हुनेछ ।