Rumpum Advertisement

गजल

गजल
कृष्णप्रसाद अर्याल

हुन त म पनि मान्छे चर्चाको हुँ ।
खहरे हुँ धमिलो छु बर्खाको हुँ ।

म स्वीकार्छु सबै दुःख मेरा हुन्,
कुरा यो हो कि म नै अर्काको हुँ ।

मैले पनि सिकिसकेँ धोका दिन,
म पनि अब हजुरकै दर्जाको हुँ ।

बहुत माया गर्ने मान्छे हुँ म पनि,
आज हैन उसले माया गर्दाको हुँ ।

ऊ अझै ज्युँदो छ, म बेकाम छु,
म मान्छे फेरि मर्दा-पर्दाको हुँ ।