birat ribon

खुमलटार पुगे प्रधानमन्त्री ओली

Neuro
खुमलटार पुगे प्रधानमन्त्री ओली

काठमाडौँ /पार्टीभित्र अन्तरसङ्घर्ष चर्किएकाे बेला प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । शनिबार बिहान ओली आफैँ प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका प्रचण्ड–माधव नेपाल समूहले शुक्रबार प्रदेश १ का आफूनिकट नेताहरुसँग छलफल गरेका थिए । छलफलका क्रममा ओलीको कार्यशैलीप्रति दुवै नेताले असन्तुष्टि व्यक्त गरेका थिए । ओलीको कार्यशैलीमा प्रश्न उठाउँदै प्रधानमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन् । तर ओलीले पद नछाड्ने अडान राख्दै आएका छन् ।

cura insider

यद्यपि पार्टीभित्र अल्पमतमा परेका उनीमाथि प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट बनेको छ ।

प्रधानमन्त्री ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक दाहाललाई भेट्‍न उनकै निवास गएका हुन्। दाहाल-ओलीको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओली कार्यकारी अध्यक्ष प्रचण्डबीच खुमलटारमा सुरू भएको छलफलमा उपाध्यक्ष वामदेव गौतम पनि पुगेका छन् ।

jackson ribon