Rumpum Advertisement

लोकगायक गन्धर्व पुनः अस्पताल भर्ना

लोकगायक गन्धर्व पुनः अस्पताल भर्ना

विराटनगर/लोकगायक सुरेश गन्धर्व पुनः अस्पताल भर्ना भएका छन् । शुक्रबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा भर्ना भएका हुन् ।

केही समयअगाडि मुटु रोग, युरिक एसिड, सुगर, प्रेसर, थाइराइडजस्ता रोगका कारण गायक गन्धर्व अस्पतालमा भर्ना भएका थिए । पछि स्वास्थ्यमा सुधार आउँदै गएपछि उनी अस्पतालबाट घर फर्केका थिए । तर शुक्रबार एकाएक अस्वस्थ भएपछि गन्धर्व पुनः अस्पताल भर्ना भएका हुन् । उनलाई छोरी तारा गन्धर्वले अस्पताल पु¥याएकी हुन् ।