Rumpum Advertisement

ओलीले अध्यादेश फिर्ता नलिदा देउवाको भूमिका माथि शङ्का रामचन्द्रसँग नेकपा नेताको गोप्य भोट

ओलीले अध्यादेश फिर्ता नलिदा देउवाको भूमिका माथि शङ्का रामचन्द्रसँग नेकपा नेताको गोप्य भोट

विराटनगर / स्थायी कमिटीको बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएका छैनन् ।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्न आनाकानी गरिरहनुमा काँग्रेस सभापति शेरबहादुर देउवाको भूमिका शङ्कास्पद देखिएको नेकपा नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले आनाकानी गर्नुमा देउवाको भूमिका हुनसक्ने बताउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन दिउँसो माइतीघर पुगेका पौडेल त्यहीँबाट दाहाल र नेपालसँग भेट्न कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार दाहाल–नेपालले काँग्रेस सभापति देउवाको भूमिका शङ्कास्पद रहेको भनाइ पौडेलसँग राखेका थिए ।

प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेलगत्तै बसेको पहिलो बैठकबाट अख्तियारलगायत आयोगहरुमा पदाधिकारी सिफारिस गरिएको र संसदीय सुनुवाइ समितिबाट पारित हुने निश्चित नभएपछि सार्वजनिक नगरिएको बुझाइ दाहाल–नेपाल पक्षको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।