Rumpum Advertisement

आज विवाह पञ्चमी, सतर्कतासहित पर्व मनाउन राष्ट्रपतिकाे आग्रह

आज विवाह पञ्चमी, सतर्कतासहित पर्व मनाउन राष्ट्रपतिकाे आग्रह

काठमाडौँ । आज विवाह पञ्चमी मनाइदैछ । विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन आह्वान गरेकी छन् ।

माता सीता र भगवान् रामको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मार्ग शुल्क पञ्चमीका दिन मनाइने विवाह पञ्चमीको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सतर्कता अपनाउन आग्रह गरेकी हुन् ।

प्राचीन कालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिन्छ ।