Rumpum Advertisement

कोरोनाविरूद्धको खोप निःशुल्क

कोरोनाविरूद्धको खोप निःशुल्क

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क उपलब्ध गराउने अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्यसमितिलाई मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री पौडेलले सबै नेपालीलाई खोप नि:शुल्क उपलब्ध गराउने बताएका हुन् ।

जनताको जीवनरक्षा राज्यको पहिलो दायित्व भएको बताउँदै उनले कोरोनाविरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताए ।

विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफायती खोप नेपाल ल्याउन सरकारले सक्रियता देखाइरहेको उनको भनाइ छ ।