Rumpum Advertisement

‘कोरोना जोखिम कम भएको छैन्, विद्यालय सञ्चालन गर्न हतार नगर्नु’

Neuro
‘कोरोना जोखिम कम भएको छैन्, विद्यालय सञ्चालन गर्न हतार नगर्नु’

विराटनगर । कोरोना महामारीको जोखिम कमम नभएकाले विद्यालय खुला नगर्न काठमाडौँ महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ । विज्ञसँगको छलफल पछि महानगरले विद्यालय नखोल्न आग्रह गरेको हो ।

काठमाडौँ महानगरपालिकाले कम्तीमा पनि पुस महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता आग्रह गरेको छ ।

पछिल्लो समय पाँच हजारको परीक्षण गर्दा कम्तीमा पनि एक हजारमा भाइरस पोजेटिभ देखिएको भन्दै कामपाले तत्काल भौतिक सहभागितामा विद्यालय पुनःसञ्चालन नगरी वैकल्पिक माध्यमलाई नै निरन्तरता दिन सुझाएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।