Rumpum Advertisement

प्रदेशको उच्च प्रथामिकतामा खेलकूद : मुख्यमन्त्री राई

प्रदेशको उच्च प्रथामिकतामा खेलकूद : मुख्यमन्त्री राई


विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राखेको बताएका छन् ।

विराटनगरमा शुक्रबारदेखि सुरू भएको प्रथम प्रदेश नंं १ आइटीएसफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्षको उद्घाटन गर्दै मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले व्यावसायिक बनाउँदै खेलकूदको हबको रूपमा प्रदेशलाई अगाडी बढाउने बताए ।मुख्यमन्त्री राईले खेलाडीहरू राष्ट्रियको गहना भएकोले यस क्षेत्रलाई व्यवसायिक बनाएर खेलाडीहरूको भबिष्य सुनिश्चित गरिनुपर्ने बताए ।

खेलकुद क्षेत्रलाई तीन तहकै सरकारले प्रथामिकतामा राखेरे काम गर्दै आएको बताए ।प्रदेश सरकारले एक पालिका, एक रंगशालाको अवधारणा पनि अगाडी सारेको मुख्यमन्त्री राईले बताए ।

१ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वाण्डो टेक्निकल सेमिनर दुई दिन चल्नेछ । सेमिनरमा १ सय ३५ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता छन् ।

शनिबार सम्पन्न हुने सेमिनरमा प्रदेश १ भरीका तेक्वाण्डोका खेलाडीहरूको सहभागि रहेको आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले जानकारी दिए ।

सेमिनरमा सैद्धान्तिक र व्यवहारीक पक्षको विषयमा प्रशिक्षण दिइने छ । आइटीएफ खेलाडीको व्यक्तित्व विकास गराउनुको साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले तेक्वाण्डोको सेमिनर गरिएको कार्कीले बताए ।