Rumpum Advertisement

चेतना प्रतिष्ठानको मासिक साहित्य शृङ्खला

Neuro
चेतना प्रतिष्ठानको मासिक साहित्य  शृङ्खला

विराटनगर / शुक्रबारबाट चेतना संरक्षण प्रतिष्ठानको मासिक साहित्यिक शृङ्खला पुनः सुरु भएको छ । कोरोना महामारीका कारण चैतदेखि रोकिएको शृङ्खला शुक्रबारबाट पुन सुरु भएको हो ।

प्रतिष्ठानले विगत ४ वर्षदेखि हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक शृङखला सञ्चालन गर्दै आएको छ ।

शुक्रबार भएको ४७ औं शृङ्खलामा भरत गुरागाईं ‘बर्वरिक’, ममता मृदुल, मञ्जुश्री गिरी, लक्ष्मी स्मृति, शिवनारायण पण्डित, प्रिन्स प्रमोदकुमार ढकाल, सविना श्रेष्ठ, सरिता तुलाधर, दुर्गा सिग्देल, शारदा कार्कीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

अबदेखि मासिक शृङ्खलालाई निरन्तरता दिइने कार्यक्रम सङ्योजक मीनकुमार नवोदितले बताए ।