धरान / फोटोग्राफर ज्ञानु राईको निर्देशन रहेको ‘उभौली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शुनिल राईको संगीत तथा एरेञ्ज र सिमान्त राईको शब्द छ ।
किराँती रिती रिवाज र सङ्स्कृतीको जगेर्ना गर्ने उदेश्यले सृजना गरिएको गीतमा गायिका मेलिना राई र संगीतकार राईको आवाज छ ।
किराँतीको महान पर्वको रुपमा रहेको साकेला पूजालाई गीतमा प्रस्तुत गरिएको छ । गीतको भिडियो रिता राईले निर्माण गरेकी हुन् ।