Rumpum Advertisement

उखु किसानसँग मन्त्रीको प्रतिबद्धता : ‘१२ दिन भित्र भुक्तानी दिलाउँछौ’

उखु किसानसँग मन्त्रीको प्रतिबद्धता : ‘१२ दिन भित्र भुक्तानी दिलाउँछौ’

काठमाडाैँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले १२ दिन भित्र उखुको बाकीँ बक्यौता भुक्तानी गराउने बताएका छन् । आन्दोलनरत उखु किसानलाई भेट्न पुगेका मन्त्री भट्टले १२ दिन भित्र वक्यौता रकम भुक्तानी गराउने बताएका हुन् ।

शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानलाई बक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी सरकारको भएकाले अबको १०–१२ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गराईसक्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भट्टले उखु किसानको बक्यौता रकम उद्योगबाट दिने प्रक्रिया आरम्भ भइसकेको बताए ।’ १०–१२ दिनभित्र सम्पूर्ण भुक्तानी गराईसक्छौँ ।’ उनले भने ‘नभए सम्बन्धित पक्षको सम्पती रोक्का गरिदिने प्रक्रियामा अगाडी बढ्छौँ । हामिलाई विश्वास गर्नुहोस् ।’

उखु किसानको आन्दोलनमा सहभागिता जनाउँदै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानलाई रकम दिलाउने कर्तव्यबाट राज्य पन्छिन नहुने बताए ।

तराईका बिभिन्न जिल्लादेखि काठमाडौँमा पुगेका उखु किसानहरु आइतबारदेखि आन्दोलनमा छन् । किसानहरुले करिब ९० करोड रुपैयाँ बक्यौता रकम चिनी उद्योगीहरुबाट लिन बाँकी छ ।