Rumpum Advertisement

प्रदेशमा ४३ सङ्क्रमित थपिए, १४३ डिस्चार्ज

Neuro
प्रदेशमा ४३ सङ्क्रमित थपिए, १४३ डिस्चार्ज

विराटनगर / प्रदेश १ मा शुक्रबार ४३ जना कोरोना सङक्रमित थपिएका छन् । सुनसरीमा १४, मोरङमा १२, झापामा ६, ताप्लेजुङमा २, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जना सङ्क्रमित थपिएका हुन् ।

सुनसरीको इटहरीमा ७, धरानमा ५ र रामधुनीमा २, मोरङको विराटनगरमा ५, केराबारी र ग्रामथानमा २–२, उर्लाबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर र बुद्धशान्तिमा १–१ थपिएका छन् ।

त्यस्तै ताप्लेजुङको पाथीभरा याङवरक र मैंवाखोलामा १–१, संखुवासभाको खाँदबारी र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा सङक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार २३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार ३९० पुगेको छ ।