Rumpum Advertisement

अत्यधिक हाई आउनु हृदयघातको सङ्केत

अत्यधिक हाई आउनु हृदयघातको सङ्केत

विराटनगर । हाई आउनुलाई मानिसहरूले सामान्य मान्ने गर्छन् । सामान्यता निन्द्रा नपुगेको बेला, निन्द्रा लाग्न आँटेको बेला, अल्छी लाग्दा हाई आउने हुन्छ । यसैले मानिसहरूले यसलाई कुनै समस्याको रूपमा पनि लिने गरेको पाइँदैन ।

तर, निन्द्रा पुग्दापुग्दै पनि अत्यधिक हाई आउनाले स्वास्थ्यमा समस्या भएको सङ्केत गर्छ । चिकित्सा विज्ञानको संसारमा हाई आउनुको कारण रहस्य नै रहेको छ ।

यसको कारण पत्ता लगाउन धेरै प्रयासहरू भएका छन्, तर वैज्ञानिकहरूले खासै सफलता प्राप्त गर्न सकेका छैनन् । केही अध्ययनअनुसार हाई आउनुले रगतमा अक्सिजनको मात्रा बढाउन र मस्तिष्कलाई शान्त पार्न मद्दत गर्छ ।

अत्याधिक हाई आउनु वागस स्नायुसँग सम्बन्धित छ, जुन दिमागबाट मुटु र पेटमा जोडिने हुन्छ । केही अवस्थामा, मुटुको वरिपरि रक्तस्राव हुँदा मानिसहरूलाई धेरै हाई आउने बताइन्छ । यसलाई स्ट्रोकसँग पनि जोडिएको छ ।

अध्ययनका अनुसार अत्यधिक हाई, स्ट्रोक हुनु अघि वा पछि हुन सक्छ । यससँगै केही चाल नपाउने, तल्लो मुख झर्ने, हातमा कमजोरी र बोल्नमा कठिनाई योसँगै देखिने अन्य लक्षण हुन् ।

स्वास्थ्य विशेषज्ञहरूको अनुसार व्यायामको क्रममा अत्यधिक हाई गर्नाले विशेषगरी गर्मीको दिनमा हृदयघातको खतरा निम्त्याउन सक्छ । अत्यधिक हाई आउनु केवल हृदयघात र स्ट्रोकको समस्यासँग मात्र जोडिएको छैन ।

मस्तिष्क ट्यूमर, छारे रोग, कल्टिपल स्क्लेरोसिस, कलेजोले काम गर्न छोडेमा वा शरीरको तापक्रम नियन्त्रण गर्न असमर्थता जस्ता धेरै अन्य स्वास्थ्य समस्याका कारण अधिक हाई आउने हुन्छ ।

अचानक अत्यधिक हाई आएमा डाक्टरसँग परामर्श लिनु नै सबैभन्दा राम्रो हुन्छ ।