Rumpum Advertisement

राष्ट्रपति नै संविधानको प्रतिकूलतामा उभिएको काङ्ग्रेस नेता खाँडको आरोप

राष्ट्रपति नै संविधानको प्रतिकूलतामा उभिएको काङ्ग्रेस नेता खाँडको आरोप

काठमाडौं । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक राष्ट्रपति नै संविधानको प्रतिकूलतामा उभिएको टिप्पणी गरेका छन् ।

शुक्रबार नेपाली काङ्ग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो टिप्पणी गरेका हुन् ।

संवैधानिक राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिँदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने बताउँदै उनले पछिल्लो समय राष्ट्रपतिको भूमिकाको सम्बन्धमा जनतामा तीव्र विरोध हुनुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन नै बाधा पुर्याउने बताए ।

सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश र सर्वसत्तावादी सोचलाई अगाडि बढाएको समेत प्रमुख सचेतक खाँडले बताए ।

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि नागरिकको तीव्र विरोध हुँदाहुँदै पनि स्वीकृत गर्नु राष्ट्रपतिको कमजोरी भएको पनि प्रमुख सचेतक खाँडले बताए ।

प्रमुख सचेतक खाँडले नेपाली काङ्ग्रेस सरकारले संविधानको प्रतिकूलतामा गरेको निर्णयको विरोधमा रहेको समेत बताए ।