Rumpum Advertisement

आज सात सय ८२ सङ्क्रमित भेटिए, एक हजार २९ जना कोरोनामुक्त

Neuro
आज सात सय ८२ सङ्क्रमित भेटिए, एक हजार २९ जना कोरोनामुक्त

विराटनगर । शुक्रबार देशभर थप सात सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप सात सय ८२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ५२ हजार चार सय ७४ पुगेको छ । जसमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार तीन सय १७ रहेको छ ।

त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेशनबाट आज एक हजार २९ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ४१ हजार तीन सय ९२ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १६ जनाको मृत्यु भएको हो ।