Rumpum Advertisement

‘रोनाल्डो उत्कृष्ट बन्नुमा मेस्सीको योगदान’

Neuro
‘रोनाल्डो उत्कृष्ट बन्नुमा मेस्सीको योगदान’

विराटनगर । रियल मड्रिडका लिजेन्ड गोलरक्षक इकर क्यासिल्लासले पूर्वसकहर्मी क्रिस्टियानो रोनाल्डो उत्कृष्ट बन्नुमा लियोनल मेस्सीको पनि योगदान रहेको बताएका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा स्पेनिस स्टार क्यासिल्लासले मेस्सीसँगको प्रतिद्वन्द्विताका कारण रोनाल्डो उत्कृष्ट खेलाडी बन्न सफल भएको बताएका हुन् ।

इटालियन क्लब युभेन्टसका स्टार रोनाल्डो र बार्सिलोनाको कप्तान मेस्सीबीच स्पेनमा नौ वर्ष लामो प्रतिद्वन्द्विता चलेको थियो । सन् २००९ देखि २०१८ सम्मको बीचमा मेस्सी र रोनाल्डोबीच प्रतिद्वन्द्विता चलेको थियो ।

तर, दुई वर्षअगाडि स्पेनिस क्लब छोडेर सिरी ‘ए’ च्याम्पियन क्लब हानिएपछि रोनाल्डो र मेस्सीको भेट पातलो भयो । हालै यी दुईले च्याम्पियन्स लिगमा एक–अर्काविरुद्ध खेलेका थिए ।

समूह चरणअन्तर्गत पहिलो भेटमा रोनाल्डोविनाको युभेन्टसमाथि बार्सिलोनाले जित निकालेको थियो भने दोस्रो खेलमा रोनाल्डोसहितको युभेन्टसले जित निकालेको थियो ।

‘पक्कै पनि रोनाल्डो एक असल व्यवसायिक खेलाडी हुन् । अरुको तुलनामा उनी महान् खेलाडी हुन् । यसको कारण भनेको उनी सधैं सफलताको भोका हुन्छन् र सधैं आफूलाई अब्बल बनाउने चाहनामा हुन्छन्’, क्यासिल्लासले भने ।

‘अनि अर्को सानो कारण भनेको लियोनल मेस्सीसँगको प्रतिद्वन्द्विता पनि हो । मेस्सीले उनलाई उत्कृष्ट बन्न सहयोग गरेका छन् । तर, विशेषगरी उनको व्यवसायिकरण र लक्ष्य । यहीँ कारण रोनाल्डो विश्व फुटबलको शीर्ष स्थानमा छन्’, उनले भने ।