Rumpum Advertisement

अर्थतन्त्रलाई चलायमान बनाउन कृषि, उद्योग र व्यापारबीच सन्तुलन आवश्यक : डा. भट्टराई

अर्थतन्त्रलाई चलायमान बनाउन कृषि, उद्योग र व्यापारबीच सन्तुलन आवश्यक : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रलाई चलायमान बनाउन कृषि, उद्योग र व्यापारबीचको सन्तुलन मिलाउनुपर्ने बताएका छन् ।

सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले राज्यले नै कृषि, उद्योग र व्यापारबीचको सन्तुलन मिलाउने काम गर्नुपर्ने बताएका हुन् ।

त्यसमा पनि पहिलो प्राथमिकता किसानले पाउनुपर्ने बताउँदै उनले पछिल्लो समय देखिएका समस्याको समाधान गर्न छुट्टै संयन्त्रको विकास गर्नुपर्नेमा पनि जोड दिए ।

सरकार, निजी क्षेत्र र जनप्रतिनिधि सम्मिलित संयन्त्र निर्माण गरी सबै समस्याहरूको एकीकृत ढङ्गले छलफल गर्ने व्यवस्था मिलाउन प्रस्तावसमेत उनले गरे ।