Rumpum Advertisement

भिडियो गेम खेल्नाले मेमोरी सुधार गर्न सक्ने : अध्ययन

भिडियो गेम खेल्नाले मेमोरी सुधार गर्न सक्ने : अध्ययन

विराटनगर । भिडियो गेम खेल्नुको धेरै फाइदा हुने गरेको पाइएको छ । एक अनुसन्धानले भिडियो गेम खेल्दाको अनुभवले संज्ञानात्मक विकासलाई सुधार गर्ने, आँखा र हातको राम्रो समन्वय तथा उच्च स्मृतिको विकास गर्ने देखाएको हो ।

फ्रन्टियर्स इन ह्युमन न्यूरोसाइन्समा प्रकाशित अध्ययनको नतिजाका अनुसार समय र रणनीति भएको खेल खेल्दा दिमागमा दीर्घकालीन परिवर्तन हुनुका साथै, अस्थायी दृश्य तथा ध्यानमा सुधार हुन सक्छ ।

चीनको इलेक्ट्रोनिक विज्ञान र टेक्नोलोजी विश्वविद्यालयमा न्यूरोइन्फोर्मसनका शिक्षा मन्त्रालयको मुख्य प्रयोगशालामा सहयोगी प्राध्यापक तथा अध्ययनका लेखक डा. ड्यानकुन् गोंगले अध्ययनको उद्देश्य अस्थायी ध्यान केन्द्रित गर्ने कार्यलाई समय रणनीति खेलसँगको दीर्घकालिक प्रभाव मूल्याङ्कन गर्न रहेको बताएका छन् ।

अध्ययनका लागि इलेक्ट्रोनिक विज्ञान र टेक्नोलोजी विश्वविद्यालयबाट ३८ जना स्वस्थ युवा पुरुष विद्यार्थीलाई समावेश गरिएको थियो । जसमध्ये आधा वास्तविक समय रणनीति खेल लिग अफ लिजेन्डका विज्ञ खेलाडी थिए भने अन्य छ महिनाभन्दा कम खेल खेल्दै आएका थिए । सबै सहभागीलाई स्क्रिन अगाडि बसाएर आँखा झिम्काउन लगाइएको थियो ।

लिग अफ द लिजेन्डका विज्ञ प्लेयरले अन्य सिक्दैगरेकाको तुलनामा राम्रो गरेको पाइयो । उनीहरूमा लक्ष्यलाई बढी सटिक र छिटो पत्ता लगाउने र प्रत्येक लक्षितलाई बढी ध्यान दिने संज्ञानात्मक स्रोतहरू देखिएको थियो ।

यस्ता खेलहरू संज्ञानात्मक प्रशिक्षणको लागि शक्तिशाली उपकरण हुनसक्ने अध्ययनको निष्कर्ष छ ।