Rumpum Advertisement

माघबाट प्रसारण हुँदै ‘कमेडी च्याम्पियन सिजन २’

माघबाट प्रसारण हुँदै ‘कमेडी च्याम्पियन सिजन २’

विराटनगर । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को फिजिकल अडिशन सुरु भएको छ । बुधबारदेखि निर्माण टिमले फिजिकल अडिशनको छायाङ्कन सुरु गरेको हो ।

थ्री प्रोडक्शनले निर्माण रहेको कमेडी च्याम्पियनको निर्देशक विशाल भण्डारी हुन् । दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिशन प्राप्त भएको थियो । जसबाट १ सय ८० प्रतियोगीहरूलाई फिजिकल अडिशनको लागि काठमाडौं बोलाइएको निर्देशक भण्डारी बताउँछन् ।

फिजिकल अडिशनबाट उत्कृष्ट २४ प्रतियोगीरू छानिनेछन् । जसमा केही प्रतियोगीहरूलाई निर्णायकले ‘गोल्डेन कि’ दिएर सीधै उत्कृष्ट २४ मा तान्न सक्नेछन् । बाँकी प्रतियोगीहरू भने जजले दिएको स्कोर र निर्देशक टिमको छनोटका आधारमा उत्कृष्ट २४ मा पर्नेछन् ।

यस सिजनमा पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहेका छन् । केकी अधिकारी निर्माता रहेको कार्यक्रम रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन् ।

‘कमेडी च्याम्पियन सिजन २’ यही माघ २४ (फेब्रुअरी ६) बाट प्रसारण हुनेछ ।