Rumpum Advertisement

छ वर्षमा चितवनमा एक सय ५१ गैंडा मरे

Neuro
छ वर्षमा चितवनमा एक सय ५१ गैंडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा छ वर्षमा एक सय ५१ वटा गैंडा मरेका छन् । प्राकृतिक, चोरी शिकारी र नदीले बगाएर गरी छ वर्षमा एक सय ५१ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले जानकारी दिए ।

उनका अनुसार गत साउनयता मात्रै चार महिनामा १७ वटा गैडा मरेका छन् । लगातार पाँच वर्ष चोरी शिकारी शून्य समय मनाएको निकुञ्जमा चालु आर्थिक वर्षको सुरुका दिनबाटै गैंडा मर्न थालेका हुन् ।

साउनयता मात्रै मरेका १७ वटा मध्य नारायणी नदीले बगाएर भारत लगेको दुईवटा गैंडा र चोरी शिकारीले चारवटा मारेका छन् ।