Rumpum Advertisement

इथोपियामा गृहयुद्ध चर्कियो

इथोपियामा गृहयुद्ध चर्कियो

विराटनगर । इथोपियामा गृहयुद्ध चर्किएको छ । स्थानीय ‘तिग्रे’ समुदायका कारण गृहयुद्ध चर्किएको हो । ‘तिग्रे’ समुदायले ४ नोभेम्बर २०२० बाट इथोपियामा आन्दोलन सुरु गरेको थियो । यसअघि तिग्रे पिपुल्स लिबरेशन फ्रन्ट र अमहरा क्षेत्रका फौजसँगबीचको गठबन्धन बलिया बनाएको थियो ।

प्रधानमन्त्री अबी अहमदले मुलुकको राजनीतिलाई जातमा आधारित सङ्घीय प्रणालीलाई अलग बनाउने, विशेष समूहमा रहेको शक्तिलाई राज्यले नियन्त्रण गर्ने नीति लिएसँगै द्वन्द्व चर्किएको हो । अल्पसङ्ख्यक रूपमा रहेका तिग्रे जातीलाई जातीय सङ्घीय प्रणालीले विशेष फाइदा पुगेको थियो ।

जातीय र क्षेत्रमा आधारित पार्टीहरूलाई राष्ट्रव्यापी बनाउनको लागि इथोपियाली जनवादी क्रान्तिकारी लोकतन्त्र मोर्चाले ३० वर्षसम्म शासन गरेको थियो । तर देशभरि ६ प्रतिशत संख्यामा रहेको तिग्रे जातीले नेतृत्त्व गरिरहेको पिपुल्स लिबेरेशन (टिपिएलएफ) फ्रन्टलाई प्रधानमन्त्री एबीले चुनौती दिए । जसकारण अन्तरद्वन्द्व चर्कँदै गयो ।

अबी अहमदले अगस्ट २९, २०२० सम्म निर्वाचन सम्पन्न गर्नुपर्ने थियो, तर कोभिड १९ को कारण चुनावको मिति २०२१ को लागि पुनः निर्धारण गरियो । तर सङ्घीय सरकारले चुनाव सार्ने गरेको निर्णयलाई कानुनविपरीत भएको ठहर गर्दै तिग्रे समुदायले विरोध जनायो ।

द्वन्द्व त त्यतीबेला चर्कियो, जब तिग्रे सेनाद्वारा इथोपियन राष्ट्रिय सेनाको उत्तरी कमाण्डको मुख्यालयमाथि नोभेम्बर ४ मा सङ्गठित हमला भयो । इथोपियामा भएका केही तिग्रेनियनले भनेका छन् कि हमलापश्चात सङ्घीय सरकारले उनीहरूमाथि दमन र भेदभावपूर्ण कार्यहरू गरिरहेको छ ।

प्रधानमन्त्री एबी अह्मदले भनेका छन् कि उत्तरी क्षेत्रको द्वन्द्व त्यहाँ भएको तिग्रे लिबेरेसन फ्रन्ट भित्रको अपराधिक समूहले गर्दा भएको हो । इथिपियामा भएको तिग्रे जातीको जनसंख्या ११ करोड छ । जातीयताको रूपमा दुर्व्यवहार गरिएको कुरालाई सङ्घीय सरकारले अस्वीकार गरेको छ । यदि कोही व्यक्तिको विरुद्धमा कारवाही गरिएको छ भने यो केवल सुरक्षाको कारणले मात्र हो ।

सन् २०१८ मा सत्तामा आएदेखि प्रधानमन्त्रीले जातीयतामा आधारित १० राज्यहरूमा भएका विभिन्न समूहहरूको पहिचान र अधिकारहरूको सम्मान गर्दै राष्ट्रिय एकतामा जोड दिन खोजेका थिए । तर यी प्रयासका वावजुद द्वन्द्वबाट आएको परिणामले उक्त कदमलाई व्यवहारमा उर्तान कठिन भएको छ ।

समाचारमा जनाइएअनुसार १४ वर्षदेखि सङ्घीय सैनिकमा कार्यरत सेनाहरूमाथि पनि शंकास्पद रूपमा व्यवहार गरियो । तिग्रेरियन भएका कारणले उनीहरूलाई बर्खास्तसमेत गरिएको थियो, जुन व्यवहारले उनीहरूलाई स्तब्ध बनाएको छ ।

इथोपियामा धेरै जाती समूहहरू छन् । जसमध्ये ओरोमो ३४ प्रतिशत, अम्हारा २७ प्रतिशत, सिदामा ४ प्रतिशत, सोमाली ६.२ प्रतिशत, तिग्रेरियन ६ प्रतिशत, गिरेज २.५ प्रतिशत, वोलेटा २.३ प्रतिशत र अन्य १६.३ प्रतिशत रहेका छन् । बीबीसीको सहयोगमा