Rumpum Advertisement

द बेस्ट अवार्ड : लेवान्डोस्की र मेस्सीलाई भोट गरेका रोनाल्डोले पाएनन् दुवैबाट भोट

द बेस्ट अवार्ड : लेवान्डोस्की र मेस्सीलाई भोट गरेका रोनाल्डोले पाएनन् दुवैबाट भोट

विराटनगर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई वर्ष खेलाडी घोषित गर्‍यो ।

लेवान्डोस्कीले बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै फिफा द बेस्टको अवार्ड जित्न सफल भएका ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्छ ।

लेवान्डोस्कीले ५२ भोट पाउँदै अवार्ड जितेका थिए भने रोनाल्डोले ३८ तथा मेस्सीले ३५ भोट पाएका थिए ।

यस्तैमा रोनाल्डोले मेस्सी र लेवान्डोस्की दुवैलाई भोट गरेका थिए । रोनाल्डोले पहिलो भोट लेवान्डोस्कीलाई दिएका थिए भने दोस्रो भोट मेस्सीलाई दिएका थिए ।

तर, रोनाल्डोले दुवैबाट भोट पाएनन् । मेस्सी र लेवान्डोस्कीले दुवैले रोनाल्डोलाई भोट नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।