birat ribon

विराटनगरले खरिद गरेको ब्रुमर दुई वर्षदेखि ‘ग्राउन्डेड’

Neuro
विराटनगरले खरिद गरेको ब्रुमर दुई वर्षदेखि ‘ग्राउन्डेड’

मोहन ढकाल
विराटनगर । विराटनगर महानगरपालिकाले खरिद गरेको ब्रुमर प्रयोगविहीन भएको छ । सडकको धुलो सफा गर्न २०७५ सालमा खरिद गरेको ब्रुमर प्रयोगविहीन भएको हो ।

महानगरले ५५ लाखमा खरिद गरेको ब्रुमर दुई वर्षको अवधिमा जम्मा दुई पटक प्रयोग भएको छ । नयाँ ब्रुमर अन्तिम पटक २०७६ फागुन २१ गते चलेको थियो । तर त्यसयता ब्रुमर बिग्रिएर थन्किएको छ । महानगरले मर्मत गरी सञ्चालनमा चासो देखाएको छैन ।

cura insider

विराटनगर महानगर क्षेत्रमा धुलोका कारण प्रदूषण बढेको छ । निर्माण सम्पन्न भएका कालोपत्रे सडकमा पनि धुलोको मात्रा अत्यधिक छ । तर ब्रुमर भने महानगरले सञ्चालन गर्न सकेको छैन । ब्रुमर बिग्रिएर थन्किएको लामो समय भयो । कोरोनाका कारण देखाउँदै महानगरले मर्मत गरेको छैन ।

ब्रुमर सञ्चालनका लागि महानगरपालिकासँग जनशक्ति छैन । खरिद गरेको ब्रुमर दुई पटक सडकमा प्रयोग गर्दा कम्पनीबाटै चालक आएका थिए ।

प्रयोगविहीन भएको ब्रुमर फोहोर पानी प्रशोधन केन्द्र जतुवामा राखिएको छ । ‘दक्ष प्राविधिकको अभावमा ब्रुमर सञ्चालन गर्न सकिएको थिएन,’ महानगरको फोहोर पानी प्रशोधन केन्द्रका प्रमुख अनिल सिंहले भने, ‘अहिले मर्मतको तयारी हुँदैछ ।’

ब्रुमरको लागि दक्ष जनशक्तिको अभाव भएपछि प्रयोगमा ल्याउन समस्या भएको उनले बताए । दक्ष जनशक्ति नभएका कारण एक दिनमै बिग्रिएको उनको भनाइ छ । सिंहका अनुसार मर्मत गरी माघबाट ब्रुमर प्रयोगमा ल्याउने तयारी छ ।

ब्रुमरको पम्पमा समस्या देखिएकाले मर्मतका लागि आवश्यक सामग्री भारतबाट ल्याउनुपर्ने भएकाका कारण समय लागेको उनले बताए ।

jackson ribon